Skip to content

सोमबार नेप्से १५.६२ अंकले घट्यो, कारोबार रकम २ अर्ब ८९ करोड

nabil bank

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८.७५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४८ हजार ७०९ पटकको कारोबारमा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पोखरा फाइनान्स र दोल्ती पावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। यस दिन बोटलर्स नेपाल ९तराई० को शेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime