Skip to content

काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (फोटो फिचर)

nabil bank

काठमाडौं । काठमाडौं उपत्यकालगायत आज देशैभर हल्कादेखि भरी वर्षा भएको छ । जसका कारण सर्वसाधारणको दैनिक जीवनमा समेत प्रभाव परेको छ ।

उपत्यकामा दिनभरी जसो हल्का वर्षा हुँदा पैदल यात्रु, दैनिक रूपमा बाहिर काम गर्नेहरुको दैनिकी असहज भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेका सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति पनि देशका अधिकांश स्थानहरूमा बदली भई लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime