Skip to content

फर्स्ट माइक्रोफाइनान्सको ब्याज आम्दानी घटेपछि नाफा पनि घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ। सो लघुवित्तको विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७२.४३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३४.११ प्रतिशत र सञ्चालन मुनाफा ११ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा घटेर ९ रुपैयाँ ७९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१.५८ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ २ पैसा रहेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima