Skip to content

समता लघुवित्तको नाफा २४१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

nabil bank

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस लघुवित्त वित्तीय संस्थाले ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ ।

संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २४१ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले २ करोड ४९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.७५ बढेर ३३ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले १९ करोड ४४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा यस संस्थाको खुद फी तथा कमिसन आम्दानी ११२.३६ प्रतिशत बढेर ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस संस्थाले अघिल्लो आर्थिक वर्षमा खुद फी तथा कमिसन २ करोड ५ लाख १ हजार रुपैयाँमात्र थियो । यसैगरी, यस अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशत बढेको ३८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस संस्थाको यस्तो आम्दानी २२ करोड ३२ लाख रुपैयाँ थियो ।

गत आवको चौथो त्रैमाससम्म यस कम्पनीले १४ करोड ८५ लाख ६४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलना २३७.९४ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ४ करोड ३९ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा झरेको छ।

गत आवको चौथो त्रैमाससम्म यस कम्पनीको चुक्ता पुँजी ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म लघुवित्तको जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित छ । यसैगरी, गत आवको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ रुपैयाँ ९ पैसा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी, गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्क १३५ रुपैयाँ ३७ पैसा रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ७० गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime