काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई थुनामा पठाइएको छ ।
बैंक घोटाला प्रकरणमा जोडिएका उनलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । तर उनले उनले धरौटी बुझाउन नसकेकाले तत्कालका लागि थुनामा पठाइएको छ ।
‘उनले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उहाँलाई छाडिने छ’, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने ।
उक्त घोटाला प्रकरणमा पक्राउ परेका बस्नेतले अनुगमनमा खटिने टोलीको समय ३ दिन मात्रै भएकाले सबै कुरा नभ्याईको बयान दिएका थिए । उनले बयान दिने क्रममा बैंकको अवस्था समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने दाबी गरेका छन् ।
निरीक्षणको उद्देश्य बिगतको निरीक्षणको प्रतिवेदनको कार्यान्वयनको पक्षको एकिन गर्नको लागी खटिएको हुँदा सो विषय बस्तुको बारेमा नहेरिएको बताए । उनले बिस्तृत निरीक्षण टोलीले हेर्नुपर्ने र लेखा परीक्षण कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने उनको तर्क छ ।
‘लेखा परीक्षण, कल एकाउन्टहरुमा रहेको नगद मौज्दातहरु (ओपनीङ एन्ड क्लोजिङ ब्यालेन्स) जस्ता कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ’ उनले बयानमा भनेका छन् ।
राष्ट्र बैंकका कायम मुकायम निर्देशक बस्नेतसहितले कर्णाली डेभलपमेण्ट बैंकमा २०७५ वैशाख २७ गतेदेखी २०७५ जेठ २ गतेसम्म स्थलगत अनुगमन निरीक्षण गरेका थिए । जसमा बस्नेतसहित सहायक निर्देशक टेकराज भण्डारी टोली प्रमुख र सहायक निर्देशक राजन प्रसाद रेग्मी सदस्य रहेका थिए । बस्नेत टोलीको सुपरभाईजर रहेर स्थलगत निरीक्षण रहेका थिए ।
टेकराज भण्डारी र राजन प्रसाद रेग्मी कर्णाली डेभलपमेण्ट बैंकमा स्थलगत रुपमा निरीक्षणको लागी खटिई अनुगमन निरीक्षण गरी आफुलाई रिपोर्टिङ गर्ने गरेको उनको दाबी छ । उक्त समयमा आफु राष्ट्र बैक वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेको बयान दिएका छन् । उनले समयले भ्यायसम्म आकस्मिक रुपमा भल्टको निरीक्षण गर्ने गरेको जनाएका छन् ।
‘२०७५ फागुन ६ गते अवकाश हुनु भन्दा १ महिना अगाडी बिदा बसेको समयमा कर्णाली डेभलपमेण्ट बैंक लि.का कर्मचारीहरुलाई बिहान ८ बजे देखी साझ १६:४० बजे सम्म २ दिनसम्म तालिम दिएको थिए । २०१९-०२-१३ मा १ लाख प्रदानगरे बापतको पारिश्रमिक हो । सन् २०१९-०२-०८ मा मेरो खातामा आएको ५० हजारको सम्वन्धमा मेरो श्रीमती कबिता केसीको नाममा रहेको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी मैले २०७५ सालको माघ महिनामा राजेन्द्र वीर रायसँग मेरो गाडी विक्री गर्ने कुरा गरेकोमा निज राजेन्द्र वीर रायले मेरो गाडी कर्णाली डेभलपमेण्ट बैंक लि.को नाममा ८ लाख २५ हजारमा खरिद बिक्री गर्ने कुरा गरी मेरि श्रीमतीको नामको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी बिक्री बापतको ५० हजार मेरो खातामा जम्मा गरिएको हो’ उनले बयानमा भनेका छन् ।
आफ्नो खातामा सन् २०२०-०९-०२ मा कर्णाली डेभलपमेण्ट बैंक खातामा ४२ हनार ५०० र ४२ हजार ५०० गरी ८५ हजार बैंकका कर्मचारीहरुलाई प्रशिक्षण दिएर पारिश्रमिक पाएको दाबी गरेका छन् ।
आफ्नो खातामा जम्मा भएको ७ लाख ४९ हजार ५० रुपैयाँ श्रीमतीको नामको गाडी बिक्री गरे बापतको रकम जम्मा गरिदिएको उनको भनाइ छ । सन् २०१९-०२-०३ मा आफ्नो खातामा जम्मा भएको १ एक लाख के कुन प्रयोजनको लागी जम्मा गरिदिएका हुन आफुलाई याद नभएको बयान दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्