काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो कम्पनीको विवरण अनुसार नोक्सानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानी रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको नोक्सानी ५ करोड ८६ लाख रुपैयाँ नोक्सानीमा थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण लघुवित्तको खुद नोक्सानी घटेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशत बढेको छ भने कुल नाफा ४.३६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १३.८५ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २१.८० प्रतिशत घटेको छ।
३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ।












प्रतिक्रिया दिनुहोस्