Skip to content

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

nabil bank

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए । निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi