Skip to content

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

nabil bank

किएभ । युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर वार्ताको घोषणापछि युरोपेली नेताहरूले शनिबार रातभर रुसमाथि थप ‘दबाब’ सिर्जना गर्न आग्रह गरेका छन् ।

तीन वर्षदेखि जारी द्वन्द्व समाधानका लागि युक्रेन र युरोपबाट किएभलाई वार्तामा सहभागी गराइनुपर्ने बतएको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलगायत बिषयमा वार्ता गर्न यही शुक्रबार अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।

गत हप्ता शिखर सम्मेलनको घोषणा गर्दै ट्रम्पले भनेका थिए, ‘दुवै पक्षको भलाइका लागि केही क्षेत्रहरू आदानप्रदान गरिनेछ।’ यद्यपि यस भनाइबारे प्रतिक्रिया दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले शान्ति स्थापनाका लागि रुसलाई जमिन नदिने बताएका छन् ।

‘युक्रेनीहरूले कब्जा गर्नेलाई आफ्नो भूमि दिने सहमति गर्ने छैनन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । ‘युक्रेनको अनुपस्थितिमा हाम्राबारे कुनै पनि निर्णय शान्तिविरोधी निर्णय हुन्,’ उनले भने ।

जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरसँगको टेलिफोन वार्ताका क्रममा युक्रेनका मित्रराष्ट्रलाई दिगो शान्ति प्राप्तिका लागि ‘स्पष्ट कदम’ चाल्न आग्रह गरेका छन् ।

युरोपेली नेताहरूले शनिबार र आइतबार राति एक संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘सक्रिय कूटनीति, युक्रेनलाई समर्थन र अवैध युद्ध अन्त्यका लागि रुसी सङ्घमाथि दबाब दिने दृष्टिकोण मात्र सफल हुन सक्छ ।’

उनीहरूले ट्रम्पको प्रयासको स्वागत गर्दै युक्रेनलाई समर्थन कायम राखेर र रुसविरुद्ध प्रतिबन्धात्मक कदमहरू लागू गरेर कूटनीतिक रूपमा सहयोग गर्न तयार रहेको बताएका थिए।

इयू आयोगका प्रमुख उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सम्पर्क लाइन वार्ताको प्रारम्भिक बिन्दु हुनुपर्छ।’

उनीहरूले प्रस्तावले युक्रेन र युरोपको महत्वपूर्ण सुरक्षा हितको रक्षा गर्नुपर्ने बताएका छन् । उनीहरूले ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीको आवश्यकतामा जोड दिएका छन् । युक्रेनलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रभावकारी रक्षा गर्न सक्षम बनाउँछ।

‘युक्रेनबिना युक्रेनमा शान्तिको बाटो तय गर्न सकिंदैन,’ विज्ञप्तिमा भनिएको छ । पुटिन–ट्रम्प शिखर सम्मेलनअघि किएभका सहयोगी राष्ट्रहरु संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु शनिबार बेलायतमा भेला भएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की, स्टार्मर र जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तापछि ‘युक्रेनीबिना युक्रेनको भविष्य तय गर्न नसकिने’ र वार्तामा युरोप पनि सहभागी हुनुपर्ने बताएका थिए ।

शनिबार साँझको सम्बोधनमा जेलेन्स्कीले भने, ‘यो युद्धको इमानदारीपूर्वक अन्त्य हुनैपर्छ र रूसलेसुरु गरेको युद्ध अन्त्य गर्ने उसैको हो।’

सम्मानजनक शान्ति

रुस र युक्रेनबीच यस वर्ष भएको तीन चरणको वार्ता सफल हुन सकेको छैन । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता दशौँ हजार मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

विगत २५ वर्षदेखि रुसमा नेतृत्वमा रहेका केजीबीका पूर्व अधिकारी पुटिनले जेलेन्स्कीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

युक्रेनका नेताले त्रिपक्षीय शिखर सम्मेलनका लागि जोड दिँदै आएका छन् र जेलेन्स्की पुटिनबीच भेटवार्ता हुनु नै शान्तिको दिशामा अघि बढ्ने एक मात्र उपाय भएको तर्क गर्दै आएका छन् ।

सन् १८६७ मा रुसले अमेरिकालाई बेचेको सुदूर उत्तरी क्षेत्र अलास्कामा हुने शिखर सम्मेलन सन् २०२१ को जुनमा जेनेभामा जो बाइडेनले पुटिनलाई भेटेपछि अमेरिका र रुसी राष्ट्रपतिबीच पहिलो शिखर वार्ता हुनेछ ।

बाइडेनले पुटिनबीस्चको नौ महिनापछि मस्कोले युक्रेनमा सेना पठाएको थियो । जेलेन्स्कीले उक्त स्थानको बारेमा भने, ‘यो युद्धबाट धेरै टाढा छ, जुन हाम्रो भूमिमा, हाम्रा जनताविरुद्ध चलिरहेको छ।’

क्रेमलिनले यो छनौट ‘तार्किक’ भएको बताएको छ किनभने आर्कटिकको नजिकको राज्य दुई देशबीचको सीमामा छ र यहीँबाट उनीहरूको ‘आर्थिक स्वार्थ एकआपसमा जोडिएको’ छ ।

मस्कोले पनि ट्रम्पलाई रुस भ्रमणका लागि निमन्त्रणा दिएको छ । ट्रम्प र पुटिन पछिल्लो पटक सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा जापानमा भएको जी–२० शिखर सम्मेलनमा सँगै बसेका थिए । जनवरीयता उनीहरूबीच धेरै पटक टेलिफोनमा कुराकानी भएको छ, तर ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्न असफल भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi