Skip to content

धेरै मुद्दा फर्छ्योट गर्ने पर्सा जिल्ला अदालतका न्यायाधीश घिमिरे सम्मानित

nabil bank

वीरगञ्ज । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा ७ हजार दुई सय ४४ वटा मुद्दा फर्छ्योट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो ।

न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फर्छ्योटको प्रतिशतमा वृद्धि भएको जानकारी दिए । ‘‘पर्सा जिल्ला अदालतले अघिल्लो आवमा भने ५७ प्रतिशत मुद्दा फर्छ्योट गरेको थियो । गत आर्थिक वर्षमा भएको मुद्दाको फर्छ्योट प्रगति उन्मुख देखिएको छ,’ उनले भने, ‘‘मुद्दा फर्छ्योटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने गर्छ ।’’

अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या भने तीन सय ३४ छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायापालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै काम गर्दै आइरहेको जानकारी दिए।

‘‘चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार चार सय ६८ मुद्दा दर्ता हुने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘‘चालु आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात आठ हजार आठ सय ३७ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य निर्धारण गरेका छौँ ।’’

अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फर्छ्योट गर्ने योजना रहेको जानकारी दिए । अदालतमा ११ न्यायाधीश कार्यरत छन् । अदालतमा कार्यरत रहेका ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा नौ सय ८३ मुद्दा फर्छ्योट गर्न सफल भएको छ । उनलाई आइतबार एक कार्यक्रमबीच दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

न्यायाधीश दीपक खनालले नौ सय ३९ मुद्दा फर्छ्योट गरेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फर्छ्योट गरेका छन् । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी छ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७ मुद्दा फर्छ्योट गरेका छन् ।

न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीस रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फछ्र्यौट गरेका छन् । पर्सा जिल्ला अदालतले गत आव नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फर्छ्योट गरेको छ । जबकी गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य तोकिएको थियो ।

न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime