Skip to content

रवि लामिछानेलाई थुनामै राख्ने आदेश

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग अस्वीकार भएको हो ।

सोमबारको पेशीका लागि न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको थियो । दुवैतर्फका कानून व्यवसायीको बहसपछि आएको आदेशमा माग बमोजिम नहुने आदेश आएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८, ६९, ७१, सहकारी ऐन २०७४ को दफा १३१ (क) तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतका आधारमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८, ६९ २७१ यमोजिमको आदेश जारी गरी पाऊँ भनी निम्न निवेदन दिएका थिए ।

यसअघि मंगलबार र बुधवार आफैंले स्थगित गराएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi