Skip to content
Prabhu

रिलायबल नेपाल लाइफको नाफा १९ प्रतिशत बढ्यो

 

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०र८१को तेस्रो त्रैमाससम्ममा ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १९.०९ प्रतिशतले धेरै हो । गत वर्ष यसले २८ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी ४९.०४ प्रतिशतले बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले गत वर्ष लगानी तथा कर्जाबाट ६५ करोड ३६ लाख आम्दानी गरेकामा अहिले बढेर ९७ करोड ४१ लाख रुपैयाँ पुगेको हो । खुद बिमा शुल्क आर्जन ३.४२ प्रतिशतले बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ ।

यता, नाफाभन्दा पुँजी वृद्धिको अनुपात धेरै हुँदा प्रतिसेयर आम्दानीमा भने असर परेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसाले घटेर ९ रुपैयाँ ७८ पैसामा आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal