Skip to content

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

काठमाडौं । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थिति र उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष शपथ ग्रहण भएको हो।

शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। न्याय परिषदले गत साउन २२ गते २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

सिफारिसअनुसार बुधबार सबै न्यायाधीशहरूले शपथ लिएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi