काठमाडौं । काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना हटाएको छ ।
महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो ।
कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ एक सय मीटरभित्र पर्ने अवैध संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ ।
तस्बिर:नेपाल फोटो लाइब्रेरी
















प्रतिक्रिया दिनुहोस्