Skip to content

८ वाणिज्य बैंककाे ब्याजदर घट्दा एकको बढ्यो, कुनमा पैसा राख्दा कति पाइन्छ ? 

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। भदौ महिनाको लागि ८ वाणिज्य बैंकको ब्याजदर घटेको छ भने एक वाणिज्य बैंकको ब्याजदर बढेको छ ।
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार बाँकी ११ वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर यथावत् रहेको छ । साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ५.६९ प्रतिशत विन्दुका ब्याजदर दिएका बैंकहरुले भदौ महिनामा अधिकतम औसतमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याजदर निर्धारणा भएको छ ।
साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेको बैंकहरुको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत विन्दुमा झरेको बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
साउन महिनाको तुलनामा भदौ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यसैगरी, साउन महिनाको तुलनामा भदौ महिनाको लागि प्रभु बैंक रहेको छ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १.१३ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो। यता प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत विन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T