Skip to content

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

nabil bank

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime