Skip to content

बेलारुसकी पहिलो महिला अन्तरिक्ष यात्री बोकेको अन्तरिक्ष यानले उडान भर्यो

 

मस्को ।बेलारुसकी प्रथम महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्काया बोकेको रसियाली सोयुज अन्तरिक्ष यान शनिबार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)का लागि सफलतापूर्वक प्रस्थान गरेको मस्कोको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सोयुजले काजकिस्तानको बायकोनुरबाट १२ः३६ जिएमटी मा उडान भरेको र योजनाअनुसार कक्षमा पुगेको रोस्कोसमोसको विज्ञप्तिमा जनाइएको छ । 

अनुभवी रुसी अन्तरिक्ष यात्री ओलेग नोभित्स्की, संयुक्त राज्य अमेरिकाका ट्रेसी डाइसन र ३३ वर्षीया मारिना भासिलिभस्काया बोकेको सोयुज एमएस–२५ यान शनिबार बिना कुनै समस्या बायकोनुर अन्तरिक्ष बन्दरगाहबाट उडान भरेको थियो । ‘बोर्डमा सबै ठीक छ’, नोभित्स्कीले रोस्कोस्मोसद्वारा प्रसारित भिडियोमार्फत भने । 

पछिल्लो दुई वर्षमा मस्को र वासिङ्टनबीचको सम्बन्ध पूर्णरूपले बिग्रिएपछि अन्तरिक्ष अमेरिका–रुस साभेदारीको अन्तिम क्षेत्र हो । यद्यपि रुसले आफ्नो छुट्टै अन्तरिक्ष स्टेसन बनाउने योजना रहेको बताएको छ । 

रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने भने पनि हालको अवस्थामा सन् २०२८ सम्म सहभागी रहने भएको छ ।

नासाले आफ्नो ‘स्पेश शटल प्रोग्राम’ रोकेपछि लगभग एक दशकका लागि पृथ्वी र आइएसएस बीच अन्तरिक्ष यात्रीहरूलाई लैजान रुसी सोयुज एक मात्र तरिका थियो । तर संयुक्त राज्य अमेरिकाले रुसको एकाधिकारको अन्त्य गर्दै हाल निजीपमा निर्मित स्पेसएक्स रकेट र क्याप्सुलहरु प्रयोग गर्न थालेको छ ।    

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima