Skip to content

बैंकले ल्याए नाडा अटो शो लक्षित नयाँ ब्याजदर, कुन बैंकबाट कर्जा लिँदा सस्तो ?

nabil bank

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि नाडाले १७ औं संस्करणको रुपमा अटो शो सुरु गरेको छ । दुई तथा चार पाङ्ग्रे सवारी साधान प्रेमीहरुको लागि भृकुटीमण्डपमा कुम्भ मेला नै सुरु भएको छ ।

मेलामा दुई तथा चार पाङ्ग्रे सवारी साधान गरिद गर्नेलाई गाडी कम्पनीहरुले छुट दिने नै छन् । शोमा गाडी खरिद वा बुक गर्नेलाई विभिन्न बैंकहरुले समेत कर्जा लिँदा छुट दिने भएका छन् । अहिले केही बैंकहरुले नाडा अटो शो लक्षित कर्जाको योजना ल्याएका छन् ।

बैंकहरुले निश्चित समयका लागि निश्चित दर र फ्लोटिङ दरमा गाडी कर्जा दिने जनाएका छन् । नबिल बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर गाडी कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ५.७४ प्रतिशत छ । बैंकबाट अटो कर्जा लिनेले ७ वर्षका लागि ६.७४ प्रतिशत ब्याजमा कर्जा पाउनेछन् । त्यसमा प्रशासनिक खर्च ०.५० प्रतिशत लाग्ने छ ।

हिमालयन बैंकले सवारी कर्जा ८ वर्ष अवधिका लागि दिने भएको छ ।  बैंकले ७.५० प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । त्यसमा ०.५० प्रतिशत प्रोशेस सुल्क लाग्ने छ । ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशतमा अटोलोन दिने जनाएको छ ।

यता कृषि विकास बैंकले ६.२३ प्रतिशतमा ईभी लोन दिने जनाएको छ । बैंकले सेवा शुल्कमा ३३ प्रतिशतसम्म छुट दिने जनाएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने योजना ल्याएको जनाएको छ । बैंकले ६.२९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशतमा कर्जा दिने जनाएको छ ।

लक्ष्मी सनराइज बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ६.३५ प्रतिशत छ । त्यसमा १ प्रतिशत प्रिमियम थपेर ७.३५ प्रतिशत ब्याजमा अटो लोन दिने जनाएको छ । नाडामा गाडी बुक गर्नेले सेवा शुल्क ०.५० प्रतिशत तिर्दा पुग्छ । अन्य समयमा ०.७५ थियो ।

यसको अवधि सात वर्ष रहेको छ । फिक्सडदरमा कर्जा लिँदा ७.९९ प्रतिशत ब्याज लाग्नेछ । यो अफर मंसिर १४ गतेसम्म कायम रहनेछ । ६० प्रतिशतसम्म फाइनान्सको सुविधा रहेको बैंकले जनाएको छ ।

यता एनएमबि बैंकले सात वर्ष अवधिका लागि ८.८९ फिक्स्ड ब्याजदर र ७.१३ प्रतिशत फ्लोटिङ दरमा कर्जा दिने जनाएको छ ।

सानिमा बैंकले ५ र ७ वर्ष अवधिका लागि फरक फरक ब्याजदर तोकेको छ । पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने जनाएको छ । सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime