Skip to content

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, ४ को अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका उनले जानकारी दिए।

११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रहरी निरीक्षक रावतले यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको उल्लेख गरे । उनका अनुसार दुर्घटनामा घाइते भएका जिपचालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi