Skip to content

नयाँ ग्राहकलाई बुबाको मुख हेर्ने दिन डिसहोमको फोर–के स्ट्रिमर उपहार

काठमाडौं । डिसहोमले कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।

अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस वा माथिका प्याकेज) लिनेलाई डिसहोमले ७ हजार ९ सय ९९ रुपैयाँ पर्ने फोर–के स्ट्रीमर उपहार स्वरूप दिनेछ। यो विशेष अफर भदौ ५ देखि भदौ ७ गतेसम्म मात्र लागू हुनेछ।

उपहार प्राप्त गर्न ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिसहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।

यस विशेष अभियानमार्फत डिसहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T