Skip to content

करबारे व्यवसायीलाई सिकाउँदै आन्तरिक राजस्व कार्यालय

nabil bank

चितवन । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे जानकारी दिइएको छ । उनले भने, ‘बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’सञ्चालनबारे सिकाएका छौँ ।’

उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिए भने चालु आवको पहिलो महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । चालु आवको पहिलो महिनामा १५ लाख ३३ हजार ९११ रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवमा २५ अर्ब ९ करोड ७ लाख ३२ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime