Skip to content

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार हुमागाईंलाई

काठमाडौं । नेपालमा लघुवित्तका पिता स्वर्गीय डा‍. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईलाई प्रदान गरिने भएको छ ।

डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको १०औं वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते हुमागाईलाई प्रदान गरिने भएको हो ।

जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा‍. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।

फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्ण अध्यक्ष गोकर्ण अवस्थीका साथै आर्थिक पत्रकार विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, बिजय राज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाललाई प्रदान गरिएको छ ।

पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिएको हो ।

साथै फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारका लागी विगत १५ वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका हुमागाईलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । यसको राशी एक लाख रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima