Skip to content

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौं’

सङ्घीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिनुहुँदै । तस्बिरः किरणराज विष्ट /रासस

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताएका हुन् ।

मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी गराए। उनले अनौपचारिक क्षेत्रका सबै नेपाली र सबै श्रमिकलाई कोषमा लैजान लागिएको र यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सँग सम्झौता गरी त्यहाँ जाने नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक तोकेको, साउदी अरबसँग पनि द्विपक्षीय सम्झौता गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए ।

‘दक्ष वा अर्ध दक्ष कामदार पठाउने र न्यूनतमभन्दा पनि अधिकतम् पारिश्रमिक कति दिन सकिन्छ भन्नेतिर सरकारले ध्यान दिन लागेको छ’, उनले सुनाए, ‘श्रम र रोजगार क्षेत्रलाई ‘डिजिटाइज’ गर्ने र ‘एआई च्याटबोर्ड’ पनि सुरु गर्न लागिएको छ ।’

मन्त्री भण्डारीसँग सांसद पूर्णबहादुर घर्तीले स्थानीय तहमा रोजगारी सृजना गर्नुपर्नेमा त्यसो हुन नसकेको, सामाजिक कोषमा आबद्धता र अन्यलाई आबद्ध गराउने कार्यक्रमबारे प्रश्न सोधेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi