Skip to content

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएका हुन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थी आन सुआनबीच भेट भएको थियो । उनीे भ्रमण पूरा गरेर भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime