काठमाडौं । गत आर्थिक वर्षमा २०८१/८२ मा करिब साढे ६ हजार भन्दा बढी निजी सवारी साधान दुर्घटनामा परेका छन् । नेपाल प्रहरीका अनुसार गत आवमा निजी तर्फका हजार ७७७ वटा चार पाङग्रे सवारी दुर्घटनामा परेका छन् ।
एक वर्षमा भएको दुर्घटना मध्ये करिब २३ प्रतिशत सवारी दुर्घटना इलेक्ट्रिक भेहिकल (ईभी) तर्फ रहेको छ ।
प्रहरीका अनुसार एक वर्षको अवधिमा १ हजार ५४३ इभीको सवारी साधन दुर्घटनामा परेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै सवारी दुर्घटना उपत्यका भित्र भएका छन् । उपत्यकामा गत आवमा २ हजार ९५६ सवारी दुर्घटनामा परेका छन् ।
उपत्यकामा भएको सवारी दुर्घटनामा ३ जना चालकको मृत्यु भएको छ भने ८८ जना सवारी चालक घाइते भएका छन् । उपत्यकामा सवारी दुर्घटनामा सवारी साधनमा सवार ६ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । यस्तै दुर्घटनामा २१ जना पैदल यात्रीको मृत्यु भएको छ भने १९० पैदल यात्री घाइते भएका छन् ।
प्रहरीका अुनसार गत आवमा उपत्यकामा मात्रै ३४० वटा ईभिका सवारी दुर्घटनामा परेका छन् । उपत्यकामा ट्रक टेकंरमा ठोकिएर ११ वटा ईभिमा सवारी दुर्घटनामा परेका छन् । यसैगरी, बसमा २७ र माइक्रोमा ठोक्किएर ४६ वटा ईभि दुर्घटनामा परेका छन् ।
यस अवधिमा उपत्यकामा मात्र १५२ जिप र कार दुर्घटना परेको छ । यस अवधिमा टेम्पो १५ वटा र मोटरसाइकल ८९ वटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गत आवमा उपत्यकामा ईभि सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । १४२ जना घाइते भएका छन् । उपत्यकामा ईभिको दुर्घटनामा ११८ चौपाय परेका छन् ।
सबैभन्दा धेरै सवारी साधन दुर्घटना हुने दोस्रो प्रधेश मधेस प्रदेश रहेको छ । मधेश प्रदेशमा एक वर्षमा १ हजार १६९ वटा सवारी दुर्घटना भएका छन् । जसमा सवार ३५ जनाको मृत्यु भएको छ भने २८ जना पैदल यात्रीको मृत्यु भएको छ ।
उक्त सवारी दुर्घटनामा परेर मधेश प्रदेशमा मृत्यु हुनेमा २२ जना सवारी चालक रहेका छन् । दुर्घटनामा १२८ चालक घाइते भएका छन् । यसैगरी, २ सय ५५ जना पैदल यात्री घाइते भएका छन् । मधेश प्रदेशमा ६१४ वटा ईभिको सवारी दुर्घटनामा परेका छ । ईभि दुर्घटनामा १०३ जान गम्भीर घाइते भएका छन् । दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । ईभिको ठक्करबाट ६९३ चौपाया विस्थापित भएका छन् ।
प्रहरीका अनुसार कोशी प्रदेशमा गत आवमा ९४८ वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा ३ जना सवारी चालकले ज्यान गुमाएका छन् भने १२० जना सावरी चालक घाइते भएका छन् । दुर्घटनामा ३६ जना यात्रुको ज्यान गएको छ भने ४६९ जना यात्रु घाइते भएका छन् । कोशी प्रदेशमा भएको दुर्घटनामा परि १७ जना पैदल यात्रुको मृत्यु भएको छ भने ११९ जना पैदल यात्रु घाइते भएका छन् । यस क्षेत्रमा ईभि दुर्घटना मात्र ६९३ रहेको छ । ईभिको दुर्घटनामा परेर कोशी प्रदेशमा २० जनाको मृत्यु भएको छ । ४६ जना गम्भीर घाइते भएका छन् भने १ हजार २११ जना सामान्य घाइते भएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशमा गत आवमा ६०६ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परेर १८ जना सवारी चालकले ज्यान गुमाएका छन् भने ९४ जना सवारी चालक घाइते भएका छन् । दुर्घटनामा परेर ३४ जना यात्रुको मृत्यु भएको छ भने २८५ जना यात्रु घाइते भएका छन् । लुम्बिनी क्षेत्रमा भएको सवारी दुर्घटनामा १८ जना पैदल यात्रुको मृत्यु भएको छ भने ८२ जना पैदल यात्रु घाइते भएका छन् । यस क्षेत्रमा एक वर्षमा ईभि मात्रै १८८ वटा सवारी दुर्घटना भएको छ । जसमा ६ जनाले गुमाएका छन् भने २१ जना गम्भीर घाइते र १२६ जना साधारण घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं भक्तपुर र ललितपुर बाहेकको बागमती प्रदेशमा ५१२ वटा सवारी दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा १२ जना सवारी चालकको मृत्यु भएको छ भने ९४ जना सवारी चालक घाइते भएका छन् । दुर्घटनामा ३० यात्रुको मृत्यु भएको छ भने ४३० यात्रु घाइते भएका छन् । बागमती प्रदेशमा १३ पैदल यात्रुको मृत्यु भएको छ भने ८३ पैदल यात्रु घाइते भएको प्रहरी रिपोर्टमा उल्लेख छ ।
यसैगरी, कर्णाली प्रदेशमा २८९ सवारी दुर्घटना भएको छ । जसमा १६ जना सवारी चालकको मृत्यु भएको छ भने ७७ जना सवारी चालक घाइते भएका छन् । यस क्षेत्रमा भएको दुर्घटनामा ३९ यात्रुको मृत्यु भएको छ भने ३६० यात्रु घाइते भएका छन् । यस क्षेत्रमा एक वर्षमा ८ जान पैदल यात्रुको मृत्यु भएको छ भने २९ जना यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश १४ ईभि सवारी दुर्घटना भएको छ । यस क्षेत्रमा भएको सवारी दुर्घटनाबाट ६ जना गम्भीर घाइते भएका छन् ।
सुदूर पश्चिम प्रदेशमा १७२ वटा सावरी दुर्घटनामा परेका छन् । सुदूर पश्चिममा गत आवमा सवारी दुर्घटनामा परी ६ जना सवारी चालकको मृत्यु भएको छ भने २३ सवारी चालक घाइते भएका छन् । यस क्षेत्रमा एक वर्षमा १६ यात्रुको मृत्यु भएको छ भने १२५ जना यात्रु दुर्घटनामा घाइते भएका छन् ।
एक वर्षमा यस क्षेत्रमा १० जना पैदल यात्रीको मृत्यु भएको छ भने २१ पैदल यात्रु घाइते भएका छन् । यसक्षेत्रमा ४७ वटा ईभि दुर्घटना परेका छन् । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । सुदूर पश्चिममा ४१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्