Skip to content

कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए।

नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime