Skip to content

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको शपथ

nabil bank
काठमाडौँ, ११ भदौ: राज्य व्यवस्था तथा सुशासन समितिकf नवनिर्वाचित सभापति न्यौपानेnfO{ zky सभामुख देवराज घिमिरे a'waf/ l;+xb/af/l:yt s[lif ;ldltsf] xndf राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई kb tyf uf]kgLotfsf] zky u/fpg'x'Fb} . तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएकी हुन् ।

सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरे । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime