Skip to content
Prabhu

बोक्से–सिगाना सडकः १० महिनापछि निर्माण कार्य सुरू

बागलुङ । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत निर्माणाधीन बागलुङ बोक्से–सिगाना सडकको बाँकी काम दस महिनापछि सुरूभएको छ ।

बागलुङ बजारदेखि सिगना हुँदै शान्तिपुर जोड्ने सडक निर्माणको ढेक्का पाएको कर्ण बिल्डर्स कम्पनीले भुक्तानीको विवाद सुल्झिएपछि अहिले धमाधम निर्माण कार्य अगाडि बढाएको हो । गत वर्ष बोक्सेदेखि सिगाना वडा कार्यालयसम्म सडकको स्तरोन्नती गरेर फर्केको निर्माण कम्पनीले बक्यौता रकम भुक्तानी पाएपछि वडा कार्यालयदेखि गोखोलासम्मको सडक चौडा बनाउने, नाली निर्माण गर्नेलगायतको काम सुरू भएका सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

उनका अनुसार पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि तीन करोड ३१ लाख रुपैयाँ भुक्तानी नपाउँदा गत वर्ष जेठदेखि निर्माण कम्पनीले काम रोकेको थियो । ३२ महिनामा निर्माण कार्यसक्ने सम्झौता भए पनि निर्माण कम्पनीले डेढ वर्षमै कार्यसम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम भएको थियो । गत आर्थिक वर्षको तीन करोड ३१ लाख रुपैयाँ भुक्तानी पाएपछि एक महिनायता सडक स्तरोन्नतीसँगै कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम गरिरहेको उनले बताए । ‘रकम भुक्तानीसम्बन्धी समस्या समाधान भएपछि दस महिनासम्म रोकिएको काम सुरूभएको छ । अहिले बर्खा नलाग्दै पूर्वाधारको काम सक्ने र बर्खापछि कालोपत्र गर्नेगरी अहिले काम अगाडि बढेको छ’, अधिकारीले भने, ‘हामीले बाँकी कामको भुक्तानी समयमै दिने सुनिश्चितता गरेमा सम्झौता अवधिमै सबै काम सकिन्छ होला । त्यसमा हामी सहजीकरण गर्छौं ।’

बागलुङ क्षेत्र नं १ अन्र्तगत पर्ने बागलुङ बजार–सिगाना–चापाखर्क–शान्तिपुर जोड्ने सडकखण्डको वडा कार्यालय देखि गोखोलासम्मको भइरहेको हो । हालसम्म सडकको ४८ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सो खण्डमा १० किमि कालोपत्रका लागि रु। २९ करोड ३७ लाख ८८ हजारमा १५ महिनाअघिसम्झौता गरिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि सन्दिप श्रेष्ठले आफूहरूका कारणले नभई सरकारी निकायले समयमा भुक्तानी नदिँदा काममा ढिलाइ भए पनि अहिले काम धमाधम चलिरहेको बताए । ‘सडक डिभिजन कार्यालयले कार्यसम्पन्न भएको भुक्तानीको सुनिश्चिता र सबै पक्षबाट सहयोग भएमा अब सम्झौता अवधिभित्रै सडक कालोपत्र गरेर बुझाउछौँ’, उनले भने ।
उनले सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालयसम्मको आठ किमि सडक गत असारसम्म निर्माण गरिएको र अहिले वडा कार्यालयदेखि दुई किमि सडकमा कम भइरहेको जानकारी दिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal