Skip to content

अख्तियारद्वारा भ्रष्टाचार अभियोगमा ८ जना र निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत आठ जना र निर्माण कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो नगरपालिकले आर्थिक वर्ष २०८०/८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीत अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध आयोगले ३६ लाख २० हजार ५ सय ७८ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।

आयोगले सार्वजनिक खरिद कानुनविपरीतको गतिविधि गरेको अभियोगमा न्यू विके÷नहकुली जेभी तथा उक्त कम्पनीका सञ्चालक गंगाकुमारी खड्का र चित्रबहादुर बोहोरासँग समान बिगो माग गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T