Skip to content

संखुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

संखुवासभा । संखुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन् । जिल्लाको इतिहासमा उनीे पहिलो महिला प्रजिअ हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औं प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरे ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई संखुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् । उनले भने, ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima