Skip to content

५ किलो चरेशसहित जयराम होटल सञ्चालक बोहरा पक्राउ

nabil bank

कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए । आवश्यक कारबाहीको लागि उनीहरूलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime