Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३८.७५ प्रतिशतले बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

खुद बिमा शुल्क आर्जन १०२.८४ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी १२४।७८ प्रतिशतले बढेर ८४ करोड १७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal