Skip to content
Prabhu

राष्ट्रिय बिमा कम्पनीको नाफा ५१ करोड ६३ लाख, प्रतिसेयर नेटवर्थ कति ?

 

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्ष २०७९र८० को यही अवधिको तुलनामा २४.७८ प्रतिशत कम हो । गत वर्ष २०७९र८० को ९ महिनामा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको कमिसन, लगानीबाट हुने आम्दानी र अन्य आम्दानी घटेको छ ।

जसकारण नाफामा असर परेको हो । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ । बिमा शुल्क संकलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । यसअवधिसम्म आइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal