Skip to content

शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरू सम्मेलन सम्बोधनमा व्यस्त रहेकाबेला ती मुलुकका प्रथम महिलाहरू भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका थिए ।

चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम महिलाको अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

उनीहरूले स्थानीय हाइही नदीमा पानीजहाजबाट जलयात्रा गरेकाा थिए। सो क्रममा चिनियाँ परम्परागत कलाका साथै आधुनिक विकासको अवलोकन गराइएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T