काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार केही राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
संखुवासभा जिल्ला भोटखोला गाँउपालिका–४ बरूण स्थि कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । संखुवासभा जिल्ला संखुवासभा मकालु गाँउपालिका–३ एकुवा–कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–२ स्थित नेपाल चिन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । सोहि जिल्लाको गोसाइकुण्ड गाँउपालिका २ स्याउ पाकिङ पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ । सोही जिल्ला गोसाइकुण्ड गाँउपालिका २ रसुवागढी पाकिङ पासाङ ल्हामु सडकखण्ड, गोसाइकुण्ड गाँउपालिका–३ मेदामुदुङमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाचोक जिल्ला भोटेकोशी गाँउपालिका–२ कोदारी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ जिल्ला बागलुङ ढोरपाटन नगरपालिका–७ धारेबोट सकडखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी जिल्ला मंगला गाँउपालिका लानपाटा स्थित बेनी दरबाङ सकडखण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका– ६ रिनिगार जाजरकोट डोल्पा भेरी करिडोर सकड खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । कालिकोट जिल्ला शुभकालिका गाँउपालिका–१ गगने खोला कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने जाजरकोट जिल्ला छेडागाड नगरपालिका–४ लेया भिर मोक चंखिला सकडखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको नलगाड नगरपालिका–११ भिरकुना स्थित जाजरकोट–डोल्पा सकडखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिका–७ तिनधुरे स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारू भएको छ । रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–३ मेदामुदुङ पाकिङ पासाङ ल्हामु सडकखण्ड एकतर्फी सुचारू भएको छ भने उत्तरगया गाँउपालिका–५ नौबिसे गल्छि त्रिशुलीदेखि मैलुङ स्याफु जाने सडक एकतर्फी सुचारू भएको छ ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका १३ कालीगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ । नवलपरासी जिल्ला गैडाको नगरपालिका–३ तरङखोला कालिगण्की एकतर्फी सुचारू भएको छ भने तँनहु जिल्ला बन्दिपुर गाँउपालिका स्थित पृथ्वी राजमार्ग एकतर्फी सुचारू भएको छ । दाङ जिल्ला लमही नगरपालिका–९ जाली स्थित रामी राजमार्ग एकतर्फी सुचारू भएको छ । यस्तै अर्घखाँची जिल्ला सन्धिखर्क नगरपालिका–९ बरमकोट सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सुचारू भएको छ ।






प्रतिक्रिया दिनुहोस्