काठमाडौं । चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेड समारोह सम्पन्न भएको छ । उक्त परेडमा चीनले आफ्ना अत्याधुनिक हातहतियारहरू प्रदर्शन गरेको छ ।
परेडमा १०० भन्दा बढी विमानले फ्लाईओभर गरेका थिए । चिनियाँ जनमुक्ति सेनाको अत्याधुनिक गोप्य रूपमा उड्ने लडाकु विमान (स्टेल्थ फाइटर) पनि सैन्य परेडमा राखेको थियो । यस्तै दुईवटा इन्जिन भएको जे–३५ लडाकु विमान र एच–६ बमवर्षक विमानहरू परेडमा थिए ।
विशाल सैन्य परेड हेर्नका लागि ५० हजारभन्दा बढी मानिस बेइजिङमा जम्मा भएको जनाइएको छ । सहभागीहरुले चिनियाँ झण्डा फहराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।
त्यस अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख-सरकारप्रमुखलाई स्वागत गरे । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा ओली चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै छन् ।
तस्विरः विभिन्न एजेन्सीबाट













































प्रतिक्रिया दिनुहोस्