Skip to content
Prabhu

मर्जपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तले ९ महिनाको कमायो नाफा १९ करोड ८३ लाख

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष २०७९र८० को सोहीअवधिको तुलनामा २०१.७६ प्रतिशतले धेरै हो । गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै, सोही अवधिसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १६१.८७ प्रतिशत र १७५.१० प्रतिशतले बढ्दा नाफामा बृद्धि भएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब २२ करोड रुपैयाँ जम्मा छ । यता कम्पनीको खराब कर्जा भने ९.७८ प्रतिशतबाट बढेर १२.६९ प्रतिशत भएको छ ।

यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९० पैसाले बढेर ३२ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७८.५८ रुपैयाँ बराबर छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal