Skip to content

जेनजी पुस्ताको प्रदर्शनः माइतीघर भरिभराउ, विद्यार्थी समेत उपस्थित

nabil bank

काठमाडौँ । जेनजी पुस्ताले आज सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा युवा तथा विद्यार्थी समेत उपस्थित भएका छन् । काठमाडौंको माइतिघरमा जारी विरोधमा प्रदर्शनमा कलेज पढने विद्यार्थी कलेज पोशाकमा नै उपस्थित भएका छन् ।

प्रदर्शन स्थल माइतिघर यतिबेला भरिभराउ भएको छ । प्रदर्शनमा युवा तथा विद्यार्थीहरु राष्ट्रिय झन्डा र विभिन्न प्लेकार्ड बोकेर उपस्थित भएका छन् । यो कार्यक्रममा माइतिघर मात्रै नभएर पोखरा, बुटवल लगायत विभिन्न स्थानमा भइरहेको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई उपस्थिती नहुन उर्दी जारी गरिएको छ । शान्तरुपमा हुने भनिएको विरोधमा सुुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ । जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime