काठमाडौं । जेनजीको आन्दोलनमा नेपाली सेना परिचालन गरिएको छ । आन्दोलन चर्कदै गएपछि काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो ।
आन्दोलनकारीले कर्फ्युको अवज्ञा गरेपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।
बानेश्वरको संसद् भवन परिसरमा प्रदर्शनकारीले आगजनी गर्ने, ढुंगा प्रहार गर्ने, गर्न थालेपछि कर्फ्यु लगाइएको थियो । कर्फ्यु अवज्ञा भएपछि सेना परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले बानेश्वरका साथै सिंहदरबार, नारायणहिटी, शितल निवास आसपाका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।






प्रतिक्रिया दिनुहोस्