काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको छ ।
आज आन्दोलनका क्रममा सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ तथा त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारले गरेको सामाजिक सञ्जालको विरोध तथा भ्रष्टचारको विरोधमा आन्दोलन गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्