Skip to content

जेनजी आन्दोलनपछि मन्त्रिपरिषदको बैठकः सामाजिक सञ्जाल खोल्ने विषयमा सञ्चारमन्त्री गुरुङले के लैजाँदैछन् प्रस्ताव ?

nabil bank

काठमाडौं । सरकारले आज साँझका लागि मन्त्रिपरिषदको बैठक बोलाएको छ ।

उक्त बैठकमा सरकारले बन्द गरेको सामाजिक सञ्जाल खुला गर्ने विषयमा छलफल हुने सम्भावना बढेको छ । आज जीनजीले आयोजना गरेको आन्दोलनका कारण १४ जनाको मृत्यु भइसकेको र डेढ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । जेनजीले आन्दोलनको मुख्य सामाजिक सञ्जाल बन्दलाई बनाएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय पुनर्विचार गर्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको संकेत गरेका छन् । उनले यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको नभएपनि छलफल भने भइरहेको बताए । उनले आज मन्त्रिपरिषदको बैठकले यो विषयमा केही निर्णय गर्ने बताए । उनले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा उक्त कुरा जानकारी गराएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime