काठमाडौं । जेनजीका आन्दोलनकारीका क्रममा पहिलो दिन १९ जनाको मृत्यु र ४२१ जना घाइते भएपछि दोस्रो दिनको आन्दोलनले नयाँ मोड लिएको छ ।
आज भएको आन्दोलनमा आन्दोलनकारीहरुले नेता तथा मन्त्रीको घरलाइै निसाना बनाएका छन् ।
आन्दोलनकारीहरुले आज बिहानैदेखि नेताको घर र सरकारी संरचनालाई लक्षीत गरेका छन् । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटार स्थित निवासमा तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरुले आज प्रचण्डको निवास ढुंगामुढा गरेका छन् । आन्दोलनकारीहरुले प्रचण्ड निवासको गेटमा ढुंगामुढा गरिरहेका छन् ।
यस्तै आन्दोलनकारीहरुले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आगजनी गरेका छन् ।
सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेका हुन् । आजै आन्दोलनकारीहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घर घेर्न गएका थिए ।
यस्तै आन्दोलनकारीले जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन् । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।
यस्तै आजै काँग्रेसका नेता बालकृष्ण खाडको घरमा पनि घेराउ गरेका छन् । आजै रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् ।
यस्तै सुनसरीको इटहरी नगरपालिकामा सोमबार आगजनी गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्