Skip to content

जेनजी आन्दोलनः सोमबार मृत्यु भएका १९ मध्ये १६ जनाको सनाखत (नामसहित)

nabil
global ime

काठमाडौं । काठमाडौंको बानेश्वर चोकमा सोमबार सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान भएको छ ।

सोमबार जेनजीको आन्दोलनमा गोली लागेर घाइते भएकालाई काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइएकाको मृत्यु भएको हो । सबै मृतक बानेश्वर चोकमा भएको गोलीकान्डमा मारिएका हुन् । १९  जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

त्यहाँ कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका ४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षका सयिम चौलागाई, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षका आयुष थापा, वतन नखुलेको २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे ६ का २१ वर्षीय योगेश श्रेष्ठ रहेका छन्।

त्यसैगरी अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट ५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको सिभिल अस्पतालमा मृत्यु भएको छ ।

बनस्थलीका वर्ष ३० का सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ । बानेश्वरको एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ।

तीमध्ये ललितपुर महानगर ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T