Skip to content

मौसम सफा हुँदा पनि त्रिभुवन विमानस्थल किन अवतरण भएनन् ल्हासा र दिल्लीबाट आएका विमान ?

nabil bank

काठमाडौं । आज बिहानै देखि नेपाली आकाशको मौसम सफा रहेको छ ।

मौसम सफा हुँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विमान अवतरण समयमा नै गर्न सकेका छैनन् ।

यो समाचार तयार पार्दासम्म नेपाली आकाशमा नयाँ दिल्लीबाट आएको इन्डिगो एयरको विमानले अवतरण अनुमति पाएको छैन । मकवानपुरको आकाश माथी ४ फन्का लगाइसकेको छैन ।

यस्तै ल्हासाबाट आएको विमान अहिले निजगढको आकाशमाथी फन्को लगाइरहेको छ । पछिल्लो राजनीतिक घटनापछि प्रमुख राजनीतिक दलका शीर्ष नेताले काठमाडौं छाडेको चर्चा बढेको छ ।

पछिल्लो सार्वजनिक भएको भिडियोमा शीर्ष नेताहरु आर्मीको हेलिकप्टरबाट काठमाडौं बाहिरिएका हुन् । काठमाडौंका प्रमुख नेताका घरहरुमा अहिले आन्दोलनकारीले घरमा तोडफोड गरेका छन् ।

सामाजिक सञ्जालमा आएका भिडियो हेर्दा मन्त्री निवासबाट मन्त्रीहरु बाहिरिएको देखिन्छ । अहिले विमानस्थलमाथी हेलिकोप्टर भने घुमिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime