Skip to content

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले राजनीतिक निकासका र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन्।

‘२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi