Skip to content

जेनजीलाई बालेनको आग्रहः हत्याराको राजीनामा आइसक्यो, अब संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजीहरुलाई हत्याराको राजीनामा आइसक्यो भन्दै अब सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह गरेका छन् ।

उनले त्यस भन्दा अघि संसद विघटन हुनुपर्ने जनाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi