Skip to content

आज दिनभर निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु

काठमाडौं । नेपाली सेनाले आज ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने जनाएको छ । ५ बजे निषेधाज्ञा सके लगत्तै सेनाले भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु जारी रहने जनाएको छ ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको स्मरण गराएको छ ।

नेपाली सेनाले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको बताउँदै आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima