Skip to content

जेनजी आन्दोलनः पोखरामा जलाइएको घरमा फेला पर्‍यो महिलाको शव

nabil bank

पोखरा । जेनजी प्रदर्शनकारीले पोखरामा मंगलबार जलाएको घरमा शव फेला परेको छ । हिजो दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटल र उनका भाइ ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए ।

उक्त स्वरुम रहेको घरमा एक महिला मृत फेला परेकी हुन् । उनको शव प्रहरीले लगेको छ । स्थानीयका अनुसार मृत महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime