काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक व्यक्तिको शव फेला परेको छ ।
ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको उनको घरमा मंगलबार आन्दोलनकारीले आगजनी गरेको थिए ।
ललितपुर प्रहरीले दाहालको घरमा एक जना पुरुषको शव फेला परेको जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्