Skip to content

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई मेयर बालेनको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा समर्थन जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समर्थन जनाएका हुन् । साहले जेनजी पुस्ताको सुझबुझ, विवेक र एकताको प्रशंसा गर्दै उनीहरूले देशलाई सुनौलो भविष्यतर्फ डोऱ्याइरहेको उल्लेख गरेका छन् । उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेनजी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन् ।
उनले स्टाटसमा लेखेका छन्–
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
सम्माननिय रास्ट्रपति ज्यु , जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima