Skip to content

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले आज यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले भने, “पोखराबाट यस मार्ग हुँदै मोटरसाइकलमा लमजुङ बेँसीसहर आउँदै थिए, तर यहाँ ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको रहेछ, यहाँ आफू जस्तै अन्य यात्रु पनि पहिरोले अलपत्र बनाएको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले भने, ‘ठूलो पहिरो झरेर बाटो पूर्ण रूपमा अवरुद्ध भइरहेको छ, यतिबेला सडक खुलाउनका लागि समन्वय भइरहेको छ, केही समयमा त्यहाँ बाटो खुलाउने कार्य हुने र सडक खुलाउन भने केही समय लाग्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T